क्षेत्र निर्धारण सम्बन्धि सार्बजनिक सूचना

श्री सूर्य नेपाल प्रा. लि. (होटल एण्ड रेष्टुरेण्ट) आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारीको लागि क्षेत्र निर्धारण सम्बन्धी सार्वजनिक सूचना :
(प्रकाश मिति: २०८१/५/१७)
 
बागमती प्रदेश, काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका अन्तर्गत वडा नम्बर ३ र ६ मा श्री सूर्य नेपाल प्रा. लि. द्वारा निम्न बमोजिमको प्रस्ताव कार्यान्वयन गर्न लागिएको छ।
 
प्रस्तावकको नाम र
ठेगाना
श्री सूर्य नेपाल प्रा. लि.,
बालसदन, कान्तिपथ, काठमाण्डौ, बागमती प्रदेशनेपाल।
प्रस्तावको व्यहोरा
 
१९० शैया (१७० कोठा) एवं ४६५ सिट क्षमताको होटल तथा रेष्टुरेन्टको स्थापना एवं संचालन गर्ने।
प्रभाव पर्न सक्ने जिल्ला, न. पा./ गा. पा. बुढानिलकण्ठ नगरपालिका अन्तर्गत चपलि घुम्ति (वडा नम्बर-३) र इटालिटार (वडा नम्बर-६), काठमाण्डौ जिल्ला, बागमती प्रदेश
 
माथि उल्लिखित प्रस्तावको वातावरणीय प्रभाव मूल्यांङ्कन (EIA) अध्ययन सम्बन्धी क्षेत्र निर्धारण (Scoping) गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, साँस्कृतिक प्रणाली र आर्थिक प्रणाली बिच के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो स्थानको नगरपालिका तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय सुझाव लिन आवश्यक भएकोले यो सार्वजनिक सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र निम्न ठेगानामा आई पुग्ने गरी लिखित राय सुझाव उपलब्ध गराई दिनु हुन अनुरोध गरिन्छ।
 
राय सुझावको लागि पत्राचार/इ-मेल गर्ने ठेगाना
 
प्रस्तावकको नाम र ठेगाना श्री सूर्य नेपाल प्रा. लि.,
बालसदन, १८७० कान्तिपथ, काठमाण्डौ, बागमती प्रदेशनेपाल।
पोष्ट बक्स नम्बर: १८६४
फोन नम्बर: ०१-५३४८२६०, ५३२०६५८, ५३२०९०९
फ्याक्स  नम्बर: ०१-५३२७५८५
ईमेल: corporate@snpl.com.np
परामर्शदाताको नाम र ठेगाना श्री युनाइटेड इन्जीनियरिंग कन्सल्टेन्ट्स प्रा. लि.,
बत्तिसपुतलि, का.म.न.पा.-९, काठमाडौं, नेपाल
ईमेल- uec2055@gmail.com
फोन नं.- ०१–४११०३९५